पोखरा १३ मा इन्ड्युरो रेस: साहसिक खेलले नयाँ आयाम ल्याउने मन्त्री थापाको भनाई
पाेखरा | मंसिर १२, २०८१
पोखराः गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् ।
पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ को उद्घाटन गर्दै उनले उक्त प्रतियोगिता नेपालको खेलकुद क्षेत्र र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माइलस्टोन बन्ने उल्लेख गरे ।
“पोखरा १३ मा आयोजित इन्ड्युरो अन्तर्राष्टिय माउन्टेन बाइक प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रिय स्तरका साहसी खेलाडीहरूलाई एउटै मञ्चमा ल्याई साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ।”, उनले भने ।
मन्त्री थापाले यस्ता गतिविधिले पोखराको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाउनमात्र नभई स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । पोखरालाई खेलकुद र साहसिक पर्यटनको केन्द्र बनाउन उक्त प्रतियोगिता निरन्तर भइराख्नुपर्ने धारणा उनको छ ।
पोखराको मात्र नभई समग्र देशको साहसिक पर्यटन प्रवर्द्धनमा यस्ता प्रतियोगिता मार्फत टेवा पुग्ने उनले बताए ।
पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले समेत लगानी गरिरहेको र आगामी समय पनि सहकार्य समर्थन गर्न तयार रहेको भनाई उनको छ ।
खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई समेत प्राथमिकतामा राख्न उनको अनुरोध छ ।
उनले पोखरा १३ मा आयोजना गरिएको उक्त प्रतियोगिताले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र साना व्यवसायलाई टेवा पुग्ने बताए । ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न र आर्थिक गतिविधि बढाउन यस्ता प्रतियोगिता मार्फत मदत पुग्ने विश्वास उनको छ ।
पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले पोखरा १३ मा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । समुद्री सतहदेखि १४ सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पु¥याउने उनले बताए ।
“हाम्रो वडा १३ जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यस क्षेत्रलाई साहसिक खेलकुदको केन्द्र बनाउने लक्ष्यमा यो कार्यक्रमले ठूलो सहयोग पु¥याएको छ।”, उनले भने ।
आगामी दिनहरूमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिन र वडाको विकासमा योगदान गर्न आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता उनको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार इलिट जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी मंसिर १२ देखि १४ गते सम्म चल्नेछ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

